ट्रम्पको यू टर्न, एक चीन नीतिलाई गरे समर्थन

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

अमेरिकाको ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंगसंग टेलिफोनमा भएको वार्ताका क्रममा वन चाइना नीतिको सम्मान गर्ने विश्वास दिएका थिए ।

जनवरी २० मा ट्रम्पले पदभार सम्हालेपछि दुबै राष्ट्रकाबीच भएको यो पहिलो वार्ता हो । राष्ट्रपति बनेपछि ट्रम्पले फोनमा नै ताइवानका राष्ट्रपति साइ इंग वेनसँग कुराकानी गरेका थिए । चीनले यसप्रति कडा आपत्ति जनाएका थिए ।

ताइवान आफैले आफूलाई चीनसँग अलग भएको राष्ट्रको रुपमा मान्दै आएको छ । जबकी बेजिङ उसलाई चीनको अभिन्न भागका रुपमा मान्ने गर्छ ।

इंग वेनसँग कुरा गरेपछि ट्रम्पले टिभी च्यानल फक्स न्यूजमा दिएको साक्षात्कारमा उनले भनेका थिए कि अमेरिकालाई वन चाइना पोलिसीसंग बाधिएर  बस्नु पर्दैन ।

ह्वाइट हाउसका प्रवक्ताका अनुसार ट्रम्प र जिनपिंग बीच धेरै मुद्दामा कुराकानी भएको छ । दुवै नेताले एक अर्कालाई आफ्नो देश आउने निम्तोपनि दिए र आगामी दिनहरुमा पनि कुराकानी गर्ने विश्वास व्यक्त गरे ।

चीन सरकारले एक बयान जारी गर्दै एक चीन नीतिको सम्मान गरेकोमा ट्रम्पको तारिफ गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट