मधेसी मोर्चाद्धारा नेमकिपाको सम्मेलन विथोल्ने प्रयास

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

राजविराज, २८ माघ । शुक्रबार राजविराजमा शुरु भएको नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलनमा मधेसी मोर्चाका कार्यकर्ताले उक्त सम्मेलन विथोल्ने प्रयास गरेका छन् ।

राजविराजको शिब मन्दिर प्राङ्गणमा कार्यक्रम शुरु हुनै लाग्दा पटक(पटक मधेस बिरोधी अभिव्यक्ति दिएको र मधेसको अधिकारको बाधक बनेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ गएर नाराबाजी गर्न शुरु गरेका थिए ।

प्रहरीले रोक्न खोज्दा मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहिबेर सामान्य झडप समेत भएको थियो ।

दुई दर्जनभन्दा बढीलाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । त्य पछि मात्र क्रान्तिकारी किसान संघको सम्मेलन सुरु भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट