फागुन ३ देखि अन्तर्राष्ट्रिय महिला उद्यमी मेला

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौँ, २८ माघ । आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म महिला उद्यमी महासघङ्घले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ ।

शुक्रबार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले बताइन ।

महासङ्घकी महासचिव शोभा ज्ञवालीका अनुसार मेलामा हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री प्रदर्शनीमा राखिनेछ । महिला उद्यमीको श्रम, सीप र लगानीको पहिचान स्थापना गर्न मेलाले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

एक सय ५० भन्दा बढी व्यापार कक्ष राखिने सो मेलामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० तथा युरोपेली मुलुकका गरी ५० जनाभन्दा बढी महिला उद्यमीको सहभागिता रहनेछ ।

भद्रकालिस्थित आर्मी अफिसर क्लबमा गरिने मेलामा करिब एक लाख व्यक्तिले अवलोकन गर्ने तथा रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । अवलोकन गर्न रु ५० शुल्क तिर्नुपर्ने महासङघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट