पदाधिकारी विवादले राप्रपाको जुम्ला अधिवेशन लम्बियो

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

जुम्ला, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले यही माघ २५ गतेदेखि सुरु गरेको जिल्ला अधिवेशन लम्बिएको छ ।

पदाधिकारी विवादले यो अधिवेशनलम्बिन पुगेको हो । अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले बताए ।

माघ २५ गतेदेखि सहमतिका लागि राप्रपाको पहिलो एकता अधिवेशनले गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताए ।

शुक्रबारसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट