पार्टी विशेषलाई दोष लगाएर सरकार उम्कन नमिल्ने

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

दाङ, २८ माघ । २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने संविधानविद् नीलाम्बर आचार्यले बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोलदैँ उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने बताए ।

संविधानविद् आचार्यका अनुसार ‘सरकारले कुनै पार्टी विशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने काम सरकारको हो, जसरी भए पनि चुनाव गराउनुपर्छ ।’

सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै उनले कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताए । उनले थपे संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट