स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

पाल्पा, २८ माघ । पाल्पामा ११ राजनीतिक दल स्थानीय निर्वाचनमा सहभागी हुनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् ।

सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्वाचन आयोगले निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।

दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा (माले( जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा (माक्र्सवादी) र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीलगाएतका दलहरुले निर्वाचन कार्यालयमा दर्ता गरेका छन् ।

दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट