यात्रा प्रतिवन्ध कायमै राख्ने ट्रम्पको अपील खारेज

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । अमेरिकी अपील कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बहुल देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन लगाएको प्रतिबन्धमाथि अपील कोर्टले तथ्य नपुगेको भन्दैँ खारेज गरेको छ । अब ट्रम्पले सुप्रीम कोर्टमा फेरि अपील गर्न सक्ने छन् ।

ट्रम्पले सात मुस्लिम देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन रोक लगाएका थिए । तर, यसमा अमेरिकी तल्लो अदालतले रोक लगाएको थियो । अदालतको आदेशविरुद्ध ट्रम्प प्रशासनले अपील कोर्टलाई चुनौती दिदैँ फेरि यस विषयमा अपील गरेका थिए, तर उनको यो मामिलालाई अपील कोर्टबाट पनि झट्का मिलेको छ ।

अदालतको यस आदेशप्रति पुनर्विचार संघीय अपील अदालतमा सुनवाई भयो, जसमा अदालतले पहिलेकै आदेशलाई कायम नै राखेको छ ।

अदालतले प्रष्ट भनेको छ कि यो फैसला अमेरिका संवैधानिक एवं लोकतान्त्रिक मूल्य विरुद्ध छ । मुस्लिम देशहरुबाट खतराको विषयमा तथ्य अपुग भएको अपील अदालतले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट