योगमैत्री समाज निर्माणका लागि योग शिविर सुरु

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

जनकपुरधाम, २८ माघ । राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियान लिएर घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ ।

सो योग शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइने बताइएको छ ।

आगामी फागुन ३ गते  शिविरमा आमाबुबाको दिव्य पूजन गर्ने कार्यक्रम पनि रहेको र आमाबुबा पूजन समारोहमा दुईसय ५१ आमाबुबालाई पूजा गराइने केन्द्रका योगगुरु विनय भाइले बताए ।

आमाबुबाको दिव्य पूजन समारोहमा आमाबुबालाई छोराछोरीद्वारा पूजा गराई आफ्नो संस्कृति, संस्कार एवम् जीवनशैलीको पहिचानमा वृद्धि गराउन मदत मिल्ने बताइन्छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट