सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, २७ माघ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य घटना छानविन गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने सरकारले निर्णय गरेको छ ।

दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजबाट सकिदै थियो तर सरकारले आयोगले गर्नुपर्ने काम नसकिएकाले पुनः एक बर्षको म्याद थप्ने निर्णय गरेको हो ।

म्याद एक वर्ष थप्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसँग माग गरेका थिए । सोही अनुसार सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट