लोकमानसिंहलाई महाअभियोग लगाइरहन नपर्ने

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, २७ माघ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ ।

बिहीबार बसेको समितिको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसमितिको प्रतिवेदनमा पदमुक्त भइसकेका कार्कीलाई महाअभियोग लगाइरहन भने नपर्ने उल्लेख गरिएको छ ।

समितिका सदस्य रेवतीरमण भण्डारीका अनुसार कार्कीले पदमा रहँदा गरेका गैरकानुनी कामलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने सहमति भएको छ ।

तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, मेडिकल काउन्सिलमाथि हस्तक्षेप गरी आफनो अनुकूल निर्णय गराउन दबाव दिएको, समानान्तर सरकार चलाउन खोजेको लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो । सोही सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट