सेवाग्राहीमाथि नापी कार्यालयमा कुटपिट

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

धनुषा, २७ माघ । बिहीबार धनुषाको नापी कार्यालयमा कर्मचारीले घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीमाथि कुटपिट गरेका छन् ।

कर्मचारीले जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कुटपिट गरेका हुन् ।

पीडित साहका अनुसार नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेका हुन ।

नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका बुझन आएके छ । धनुषा प्रहरीले घाइते सेवाग्राही ललनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट