न्यायाधीश नियुक्तिको विरोधमा वकिलहरुद्धारा सामूहिक राजीनामा

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, २७ माघ । नेपाल बार एशोसिएसनबाट न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले सामूहिक राजीनामा दिएका छन् । बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।

न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णका अनुसार नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको जानकारी दिए ।

नेपाल बारको आह्वानमा हालै न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत नभएको भन्दै देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए ।

दुई नम्बर प्रदेशका वकिलहरुले राजीनामा बुझाउनु अघि बार परिसरभित्र पनि नाराबाजी गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट