हिल्टन होटलको कागजात जफत

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, २७ माघ । नक्शालमा निर्माणाधीन डबल ट्री हिल्टन होटलको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाबाट नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन समेत गरेको छ ।

बिहीबार बिहान होटल निर्माणमा आर्थिक अनियमितता भएको आशंकामा छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

यसअघि नै महानगरपालिकाले हचुवाको भरमा निर्माण अनुमति दिएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले निष्कर्ष निकालेको थियो । सुशासन तथा अनुगमन समितिले पनि त्यसबारे छानबिन गरिरहेको छ ।

होटल निर्माणको क्रममा नक्शाल(भगवतीबहाल सडक भासिएको छ । सडक भासिएपछि करिब एक महिनादेखि सो सडकमा यातायातका साधन चल्न सकेका छैनन् । निर्माणस्थल वरपरका घरहरुसमेत चर्किएका छन् । स्थानीयबासीले निर्माण कम्पनिलाई कारबाही गर्न माग गर्दै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट