दुई नयाँ चिनियाँ विमान औपचारिक रुपमा हस्तान्तरण

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

काठमाडौं, २७ माघ । पछिल्लोपटक नेपाल आइपुगेका एमए-६० र वाई-१२ ई दुई नयाँ चिनियाँ विमानलाई चीनले औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।  चीनले यी विमान नेपाल एयरलाइन्सलाई सहुलियत ऋणमा उपलब्ध गराएको हो ।

निगम महाप्रवन्धक सुगतरत्न कंसाकारलाई चिनियाँ एभिक इन्टरनेशनका उपाध्यक्ष झाओ ज्यान्सीले  यी विमान हस्तान्तरण गरेका हुन् । नेपाल एयरलाईन्सले एमए ६० लाई  फेवा नाम दिएको छ भने वाई १२ ईलाई गौंथली नाम दिएको छ ।

चीनले दिएको एमए ६०, ५६ सिट क्षमताको हो भने वाई-१२ ई १८ सिट क्षमताको विमान हो । एमए ६०ले विशेषगरी यात्रुको बढी चाप हुने तराई क्षेत्रमा उडान भर्नेछ । वाई १२ ई लाई दुर्गम पहाडी जिल्लाहरुमा उडाउने नेपाल एयरलाइन्सको योजना छ ।

विमान हस्तान्तरण कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनले अंग्रेजी बोल्न जान्ने प्रशिक्षक पाइलट नेपाल पठाउनुपर्ने बताए ।

उनले नेपालको जस्तै भूबनोटमा जहाज उडाएका पाइलट आवश्यक रहेको भन्दै चिनियाँ राजदूतको ध्यानाकर्षण गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट