स्ववियु निर्वाचन नरोके सशक्त आन्दोलनमा उत्रने

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, २७ माघ । तत्काल स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न विभिन्न आठ विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले आग्रह गरेको छ । उनीहरुले पूर्णसमानुपातिक स्ववियु निर्वाचनको माग गर्दै तत्काल निर्वाचन प्रक्रिया नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

पूर्णसमानुपातिक निर्वाचनको माग गर्दै समाजवादी विद्यार्थी फोरम, वैद्यनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालाबन्दी समेत गरेका छन् ।

बुधबार गठबन्धनले झापाको मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरुमा तालाबन्दी गरेको छ । त्यस्तै समाजवादी विद्यार्थी फोरमका विद्यार्थी नेताहरुले बुधबार नै पोखराको पृथ्वीनारायण क्याम्पस, राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलगायतमा तालाबन्दी गरेका छन् ।

समाजवादी विद्यार्थी फोरमका उपाध्यक्ष सुवास लाबुङका अनुसार  त्रिविले स्ववियु निर्वाचन समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा छलफल गर्न नचाहेको भन्दै तालाबन्दीमा उत्रनुपरेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट