भारतीय नागरिक हत्या मुद्दाका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

पोखरा, २६ माघ । कास्कीको लाहाचोक–५ घर भई हाल पोखरा–१७ मा बस्दै आएका २५ वर्षका दिनेश नेपाली समेतले गत पुस २७ गते भारतीय नागरिक सविर अन्सारीलाई पोखरा–१७ नमुना टोलस्थित तितेपानीमा ढुङ्गा प्रहारबाट हत्या गरेर फरार भई कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त एक महिनापछि पक्राउ परेका छन् ।

हत्याका मुख्य अभियुक्त काठमाडौँमा लुकीछिपी बसेको छ भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहन मणि अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्तलाई मङ्गलबार पक्राउ गरी आज कास्की जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

हत्यामा संलग्न अर्का अभियुक्त सोलुखुम्बु जुमिङ–२ घर भई पोखरा–१७ तितेपानी बस्ने ३४ वर्षीय मणिराई भन्ने मोहन राईलाई यसअघि नै पक्राउ गरी सम्पूर्ण अनुसन्धानपछि जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भइसकेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट