निर्वाचन मिति घोषणा ठूलो कुरा होइन-प्रधानमन्त्री

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन मिति घोषणा गर्नु ठूलो कुरा नभएको बताएका छन् । उनले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको पनि बताए ।

दाहालले आगामी जेठ भित्रै निर्वाचन हुने तर संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने बताए ।

बुधबार भरतपुर विमानस्थलमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने- ‘क्याबिनेटबाट डिसिजन गरेर तयारी सुरु गर्नू भनिसकेपछि र वैशाखदेखि जेठभित्रै निर्वाचन गरिसक्नुपर्छ भनेपछि मिति तोके बराबर छ ।’ उनले थपे- ‘त्यसको निम्ति मात्रै टेक्निकल्ली गते नभनिएको हो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट