घैंटेको इन्काउण्टर गर्ने एसएसपी खनाल सरुवा भए

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, २६ माघ । १९ महिनासम्म अपराध महाशाखाको नेतृत्व सम्हालेर गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरदेखि विद्युत चोरी गर्ने सरकारी कर्मचारीसम्मलाई ठेगान लगाएका एसएसपी सर्वेन्द्र खनाल सरुवा भएका छन् । अब यो कुर्सीमा अर्का एसएसपी दिनेश अमात्य आएका छन् ।

उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका एसएसपी खनालले गरेका कार्यहरुले उनको मात्रै चर्चा भएन कि अपराध महाशाखाकै शीर उच्च बनायो ।

खनाल अघिका प्रहरी अधिकृत एसएसपी पुष्कर कार्कीले पनि ७ वर्षअघि भएको चाचन हत्याकाण्डदेखि चरी डनको इन्काउण्टरसम्म गरेर महाशाखाको शीर माथि उठाएका थिए ।

अहिले यही महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका दिनेश अमात्य पनि सर्वेन्द्र खनालका एउटै ब्याचका हुन् । दिनेश अमात्य तिनै व्यक्ति हुन् जसले तराई मधेका विभिन्न जिल्लामा भूमिगत सशस्त्र समूहलाई निस्तेज पारेका थिए । पछिल्लो टीकापुर घटनासमेत उनैले साम्य पारेका हुन् । अब अमात्यले काठमाडौं महाशाखाको हीर कसरी बचाउँछन् त्यो भने हेरनै पर्ने हुन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट