काठमाडौंमा मोनो रेल ल्याउने तयारी

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, २६ माघ । काठमाडौंमा स्काइरेल अर्थात मोनो रेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बुधबार काठमाडौंमा वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउने जनाइएको छ ।

वाइबिडी सिमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्न भने १ वर्ष लाग्छ ।

वाइबिडी सिमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेका अनुसार यदि प्रतिवेदनले स्काइरेललाई अगाडि बढाउन सकिने देखाएमा त्यसको करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने छ ।

काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तरगत सम्भाब्यता अध्ययन गर्न लागिएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट