धेरै बिदा हुँदा विकास र सरकारी काममा बाधा

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, २६ माघ । नेपालमा धेरै बिदा हुँदा विकास र सरकारी काममा बाधा सिर्जना भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

मंगलबार प्रजातन्त्र दिवस मुल समारोह आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम भन्दा बिदा बढी भएको टिप्पणी गरे ।
उनले ऐतिहासिक घटनाक्रम तथा भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने बहानामा अनावश्यक बिदा भएको भन्दै यसलाई कटौती गरेर विकास निर्माण तथा अन्य काममा लगाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री दाशालले ऐतिहासिक राजनीतिक उपलब्धी हासिल भएको दिन भएपनि फागुन ७ औपचारिकतामा मात्र सीमित हुने बिगतको परम्परालाई यसपटक पनि निरन्तरता दिइने बताएका छन् ।

साथै फागुन ७ नै मुलुकमा निर्वाचन प्रक्रिया सुरु भएकाले प्रजातन्त्र दिवसलाई बाधा नपर्ने गरी निर्वाचन दिवस मनाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट