पहिलो पटक मोटर पुग्दा स्थानीय खुसी

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

चितवन, २६ माघ । पहिलो पटक मोटरगाडी पुग्दा चितवनको पहाडी गाविसअन्तर्गतको दारेचोक गाविसको लामिडाडाँमा स्थानीयमा खुसी छाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मनकामना दर्शन प्रालि चेरेसबाट लामिडाँडासम्म कृषि सडकको विधिवतरुपमा उद्घाटन भएसगैँ सो ठाउँमा पहिलो पटक मोटरबाटो पुगेको हो । चेरेस-लामिडाँडा सडक करिब सात किलोमिटर पर्दछ ।

चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेल दारेचोक गाविसका सचिव निलकण्ठ लामिछानेले संयुक्त रुपमा उक्त कृषि सडकको उद्घाटन गरेका थिए ।

चेरेस लामिडाँडा कृषि सडक समितिका अध्यक्ष मुन्द्र बहादुर रानाले ६।८ किलोमिटर बाटो निर्माणमा ३३ लाख ४४ हजार ६ सय ५ रुपैया खर्च भएको जानाइएको छ । जसमा सांसद कोषबाट २४ लाख ५० हजार अनुदान, गाविस कार्यालयबाट ५ लाख अनुदान र गाँउ घरमा चन्दा संकलन गरेर १ लाख २७ हजार २ सय ३१ रुपैयाँ गरी ३० लाख ७७ हजार २ सय १३ रुपैयाँ संकलन भएको जानकारी गराउँदै अझै २ लाख ६७ हजार ३ सय ९२ रुपैयाँ अपुग भएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट