कलाकारलाई कालोसूचीमा राख्ने मन्त्रीमाथि मुद्दा

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

एजेन्सी

कोरिया, २५ माघ । मङगबार दक्षिण कोरियाका एक जना पुर्वसंस्कृति मन्त्रीविरुद्ध मुद्दा दायर गरिएको छ ।

झन्डै १० हजार कलाकारहरुलाई आफ्नो पद र शक्तिको दुरुपयोग गरेर कालोसूचीमा राखेको आरोपमा उनलाई मुद्दा दायर गरिएको हो ।

पचास वर्षीय पूर्वसंस्कृति मन्त्री चो युन सुनसँगै पूर्वराष्ट्रपतिका शक्तिशाली मुख्य सचिव किम की चोनका विरुद्धमा पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुले चलचित्र निर्माता, लेखक, चित्रकारलगायतका कलाकारलाई तत्कालिन राष्ट्रपति पार्क गेन हेइको आलोचना गरेको भन्दै कालोसुचीमा राखेका थिए ।

उक्त कलाकारहरुले सरकारी पक्षको विरोध गरेका थिए भने प्रतिपक्षलाई समर्थन गरेका थिए ।

उनीहरु दुबै जनालाई अघिल्लो महिना पक्राउ गरेपनि औपचारिकमा मुद्दा दायर भने मङ्गलबार मात्रै गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट