आक्रमणमा गभर्नरको हत्या

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

एजेन्सी

अफगानिस्तान, २५ माघ । सोमबार अफगानिस्तानमा एक गभर्नरको हत्या भएको छ ।

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमाखाक इ साफ्ड जिल्लाका गभर्नरको गए राति बम आक्रमण गरी हत्या भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

तालिवानी लडाकुहरुले आक्रमणको जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरी ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए ।

घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट