प्रतिनिधि छान्न राप्रपाको जिल्ला अधिवेशन सुरु

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौँ, २५ माघ । मंगलबार देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि जिल्ला अधिवेशन भइरहेको छ । काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न आगामी फागुन ६ देखि ९ गतेसम्म अधिवेशन गरिनेछ ।

एकै दिनमै देशका ७५ जिल्लामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अधिवेशनमा प्रत्येक जिल्लाबाट नौजनाको अनुपातमा देशभरबाट ६७५ केन्द्रीय प्रतिनिधि छनोट गरिने जानकारी दिए।

उक्त अधिवेशनबाट एक अध्यक्षसहित ६५ प्रतिशत सदस्यको निर्वाचन गरिने छ भने बाँकी ३५ प्रतिशत सदस्य तथा पदाधिकारी मनोनीत गरिने छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रुपमा छनोट हुने छन् ।

महाधिवेशन प्रयोजनका लागि पार्टीले करिब २० लाख साधारण सदस्यता वितरण गरेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट