अफगानिस्तानका तलवारबाज सुन्दर युवतीहरु

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

अफगानिस्तानको राजधानी काबुल नजिकै शाओलिन वुशु क्लब चलाउने २० वर्षीया सीमा अजीमी हिउँ परेका उचाईमा आफ्ना साथीहरुसँग अभ्यास गर्ने गर्छिन् ।

चीनमा प्राचीन समयमा विकसित भएको मार्शल आर्टस वुशु अभ्यास गराउन तलवार लिएर युवतीहरु करतब गरेर देखाउ छन् ।

इरानमा वुशुको कला सिकेर आएकी सीमाले प्रतियोगिताहरुमा धेरै पदकहरु जितेकी छन् ।

उनी चाहन्छिन की उनकी छात्राहरुले अन्तर्राष्ट्रिय म्याचमा भाग लिउन र आफ्नो देशको लागि मेडल जितुन ।

अफगानिस्तानमा मार्शल आर्टस धेरै लोकप्रिय छ तर महिलाहरुलाई यस्ता खेलहरुबाट सधै टाढा राखिने गरिन्छ ।

यस क्लबमा आउने सबै महिलाहरु मुस्लिम समुदायका हुन् ।

अफगानिस्तानको राजधानी काबुलमा उनीहरुलाई धेरै प्रकारको धम्किहरु र यातनाहरुको पनि सामना गर्नु परेको हुन्छ ।

सीमा अघिल्लो एक बर्ष देखि काबुुलमा वुशु क्लबमा युवतीहरुलाई मार्शल आर्टस सिकाइरहेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट