काठमाडौंमा हेल्थ प्रमोसनका लागि ७ स्थान छनोट

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौ, २५ माघ  । प्रमुख सात स्थानमा हेल्थ प्रमोसन सेन्टर स्थापनाको लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रस्ताव अघि सारेको छ ।

कार्यालयका अनुसार काठमाडौंमा रहेका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये दशवटाको स्तरोन्नी गरी हेल्थ प्रमोसन सेन्टर स्थापना गर्ने योजना छ । जसमध्ये सात स्थान छनोट गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको जनाइएको छ ।

काठमाडौंको चावहिलस्थित मैजुबहाल, मैतीदेवी, नक्सालस्थित नन्दी रात्री स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्र प्रस्तावित स्थानहरुमा निर्माणाधीन भवन छनोट गरीएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाका अनुसार चाबहिल-७ मैजुबहालमा सेन्टर स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट