जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु ,१६ घाइते

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

पाल्पा, २५ माघ । जन्ती बोकेको जिप पाल्पाको दोभानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

मंगलबार राति ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो । जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।

दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अत्यधिक ओरालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट