कपालमा कलर लगाउँदा यसरी बच्नुहोस केमिकलबाट

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

आफ्नो कपाललाई सुन्दर र कलरफुल बनाउने सबैको ईच्छा हुन्छ तर पार्लरहरुको महंगो ट्रिटमेन्ट र साइड इफेक्टको बारेमा सोच्ना साथ तपाईलाई डरलाग्छ भने चिन्ता लिनु पर्दैन । अब घरमै बसेरपनि तपाई आफ्नो कपाललाई प्राकृतिक तरीकाले  कलर गर्न सक्नुहुन्छ ।

१. कागती

कपाललाई कलरिंगको लागि कागतीको प्रयोग पनि गर्ने गरिन्छ । हुनत कागतीको असर अलि ढिलो हुने गर्छ तरपनि यो प्रभावकारी मानिन्छ । लाइट ब्राउन कलर लगाउनका लागि कागतीको रस कपालमा प्रयोग गर्नुहोस ।

२. कफी

कपाललाई ब्राउन शेडमा कलर गर्नका लागि कफी भन्दा राम्रो अरु कुनै उपाय छैन । कफीलाई मेहेन्दीमा हालेर वा पानीमा कफीलाई मिसाएर पनि लगाउन सकिन्छ ।

३. ओखर

आफ्नो कपालमा ब्राउन कलरलाई लामो समयसम्म राखी राख्नका लागि तपाईले ओखरको प्रयोग गर्न सक्नु हुनेछ । ओखरको बोक्रालाई पिसेर त्यसलाई आदि घण्टासम्म थोरै पानी र सानो आगो गरी तताउनुहोस । यो उम्लिएपछि यसलाई चिसो बनाउन एकैछिन छोड्नुहोस र आफ्नो कपालमा लगाउनुहोस र लगभग एक घण्टापछि चिसो पानीले धुनुहोस ।

४. गाजर

कपाललाई बैजनी (बरगण्डी) रंग दिनका लागि गाजरको रस निकालेर एक घण्टासम्म कपालमा लगाएर राख्नुहोस । यसले कपाललाई चम्किलो बनाउनुका साथै बलियो पनि बनाउँछ ।

५. मेहेन्दी

मेहेन्दी लगाउनु भनेको कपाललाई कलर गर्ने एक उपयुक्त तरिका हो । मेहेन्दीले कपाललाई पोषण दिने काम पनि गर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट