आफ्नै काकीबाट ३ वर्षीय बालकको हत्या

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

२४ माघ, सप्तरी । तीन वर्षीय बालकलाई आफ्नै काकीले घाँटी निमोठेर हत्या गरेकी छन् ।

सप्तरीको पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हुन् । उनी काककी उर्मिला देविले गत शनिबार बालकको घाँटी निमोठेर हत्या गरेको खुलासा र्भको छ ।

प्रहरीका अनुसार घाँटी निमोठेर हत्या गरी बोरामा हालेको अवस्थामा सोमबार बिहान मृतकको घर पछाडिको बारीमै शव फेला परेको छ ।

उर्मिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल असपतालमा ल्याइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट