४ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौं, २४ माघ । जिल्ला अदालत काठमाडौंले सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले एसएसपी खत्रीलाई पक्राउ गरेको थियो ।

प्रहरीले संगठित अपराध अन्तरगत मुद्दा चलाउन न्यायिक हिरासतमा राख्न समय मागेको थियो र अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट