पाँच महिनापछि जिल्लामा औषधि पुग्यो

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

गौशाला, २४ माघ । महोत्तरी जिल्लामा पाँच महिनापछि औषधि पुगेको छ ।

पाँच महिनादेखि औषधि अभाव रहेको महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको हो ।

प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरू पुनः प्रयासरत रहेको र चाँडै आउने जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेले बताए ।

डा पाण्डेले औषधिहरू माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने बताए ।

महोत्तरी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियोे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट