हत्यामा संलग्न दुई जना पक्राउ

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

बागलुङ, २४ माघ । प्रहरीले  जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जना सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको बागलुङ प्रहरी कार्यालयले बताएको छ ।

गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

आरोपित दुवैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट