फागुन ११ देखि १७ गतेसम्म विराट एक्स्पो हुँदै

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौँ, २३ माघ । विराटनगरमा ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ ‘विराट एक्स्पो–२०७३’ हुने भएको छ ।

आइतबार उद्योग सङ्गठन मोरङले आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ११ देखि १७ गतेसम्म शङ्करपुर मार्ग विराटनगर–०३ मा सो एक्स्पो हुने सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

अध्यक्ष उपाध्यायले दिएको जानकारी अनुसार प्रदर्शनीमा औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, अटोमोबाइल्स तथा पार्टस, कम्प्युटर, हस्तकला सामग्री, घरयासी सामाग्री, विद्युतीय सामाग्री गार्मेन्टलगायतको स्टल राखिने छ ।

रोजगारी मेला, हेलिसिटी टुर,अन्तर्राष्ट्रिय उत्पादन तथा खानाका विभिन्न परिकार मेलाको मुख्य आकर्षण भएको आयोजकले जनाएको छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी २३९ भन्दा बढी स्टल रहनुका साथै मोरङ, सुनसरी सप्तरी, झापा, सिरहा, उदयपुर, पूर्वाञ्चबाट किसान तथा उद्योगी व्यवसायीको सहभागिता रहनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट