संसारभरीका रंगहरु (फोटोफिचर)

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

१.इंग्ल्याण्डको टेलफाँर्डमा टफ गाय च्यालेन्जमा भाग लिएको एक प्रतियोगी । आफुलाई सबैभन्दा बलियो देखाउनका लागि निकै जोखिको सामना गर्नुपर्छ ।

२. चीनको नयाँ वर्षको अवसरमा राजधानी बेईजिङमा चीनी ड्रैगन डान्सरहरु । चीनको क्यालेण्डर अनुसार नयाँ वर्षको बसन्त उत्सवपनि भनीने गरिन्छ । चीनको ज्योतिषशास्त्रले प्रत्येक वर्षलाई एउटा एउटा जन्तुसंग जोडिन्छ । यो वर्ष भने कुखुरा वर्ष हो ।

३. टेनिसका खेलाडी रोजर फेडररले पाँच वर्षपछि १८औं ग्रैंड स्लैम जितेर आफु फर्किएका हुन । उनले अस्ट्रेलियन ओपनको फाइनलमा रफाएल नडाललाई पाँच वटा सेटोमा हराएर जित हात पारेका थिए ।

४. अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले सातवटा मुस्लिम देशका आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने फैसला गरे ,यसको विरुद्धमा अमेरिकाका थुप्रै शहरहरुमा प्रदर्शन समेत गरियो । ट्रम्पले भनेका थिए की यी धेरै राम्रा दिन हुन । अहिे भने ट्रम्पको यस आदेशको विरुद्धमा सिएटलका एक अमेरिकी जजले अस्थायी रोक लगाएका छन् ।

५. सर्बियाको राजधानी बेलग्रेडमा माँन्टेनेग्रोका प्रधानमन्त्री डुश्को मार्केबिच को स्वागत समारोह, सर्बियाका प्रधानमन्त्री एलेक्साण्डर वुचिच सर्बिया प्यालेसमा उनको स्वागत गर्न पुगेका थिए ।

६. युकेमा शेटल्याण्डमा अप हेली आ वाइकिंगको उत्सवको रमझम । लेरविक शहरमा यस अवसरमा वाइकिंगको पोत को नकल जलाउनु अघि मानिसहरु एक जुलुसको आकार लिएर सडकमा निस्कन्छन् । यो जुलुस युरोपको ठुलो जुलुस झैं हुन्छ ।

७. पूर्वी युक्रेनमा सेना र रुस समर्थन विद्रोहिबीच लडाईका कारण करिब २२ हजार जनसंख्या भएको अवदियिवका शहर मा पानी र बिजुलीको सुविधा छैन । चिसोका कारण यहाँका मानिसहरुमा समस्या बढ्दै गईरहेको छ । युक्रेनका आधकारीहरु र सहयोगीहरुले शहरमा ठूलो मानविय संकट आउने चेतावनी समेत दिएका छन् । अवदियिवका शहरमा आपतकालको घोषण गरिएको छ ।

८. पोर्चुगलमा नजरको साओ मिगुएल आरकांजोको किल्ला अगाडि समुद्री लहरहरुलाई हेर्दै एक जोडी ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट