पाँचौँ पर्वत महोत्सव सम्पन्न

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

पर्वत, २३ माघ । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव सम्पन्न भएको छ ।

माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार गरेको छ । एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताए ।

समापन कार्यक्रममा कलाकारहरू याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए । मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान बनाउने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट