लगानीयोग्य रकमको अभाव छैन वित्त बजारमा

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौँ, १९ माघ । वित्त बजारमा तरलता अभाव नरहेको नेपाल राष्ट्र बैंकले स्पष्ट गरेको छ । बुधबार नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो ।

वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । उनले भने- ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो ।

अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उनले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिए । उनका अनुसार केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट