अब रोबोटले नै गर्ने भए सबै काम (फोटोफिचर सहित)

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

१. चीनको झेजियांग प्रान्तको जिन्हुआमा रोबोट कपल शियाओलौ र शियाओताओ रेष्टोरेन्टमा रोबोट आफैले प्लेट उठाउने र खानापनि सर्भ गर्ने गर्छन ।


२. बेजिङ्गको बाहिरी इलाकामा रहेका किसान वू युलुले रिक्शा तान्नका लागि एक रोबोट बनाएका छन् । यसले लै बाटो पत्ता लगाउन उनको मदत गर्छ ।


३. टोकियो यूनिर्भसिटी र जापानको पब्लिक रिसर्च अर्गनाइजेसनले मिलेर गरेको एक अध्ययनपछि बनाएको मानवीय आकारको रोबोटले ३० किलो सम्मको भारी सामान बोकेर हिड्न सक्छ ।


४. चीनको एक शहरमा रेष्टोरेन्टमा खाना बनाउनका लागि रोबोटको प्रयोग गरिएको छ । यहाँ रोबोटले आफै खाना बनाउने गर्छन भने उनका मालिकले उनीहरुलाई रेखदेख मात्र गर्छन ।


५. ब्रसेल्समा होन्डाको एक रोबोटले प्रेजेन्टेशनका क्रममा कपमा ड्रिङ्क हालेर दिएका थिए।


६. चीनको एक रेष्टोरेन्टमा ग्राहकलाई खाना सर्भ गर्ने काममा समेत रोबोटको प्रयोग गरिन्छ ।


७. टोकियो यूनिर्भसिटीमा प्रदर्शनका क्रममा रोबोटले प्रयोग भएका फोहोर भाँडाहरु माजेको थियो ।


८. क्योटो शहरमा रोबोवी-२ नामको एक रोबोटले ग्राँसरी स्टोरमा किनमेल गर्नमा पनि मदत गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट