विश्वका सबैभन्दा सुन्दर गल्ली र सडकहरु

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

केही शहर,गाउँ अनि त्यहाँका गल्लीहरुलाई त्यहाँ बस्ने मानिसहरुले सुन्दर बनाएका हुन्छन् । कहिले काही ती ठाउँलाई यसरी सजाएर सिङ्गारिएको हुन्छ कि त्यहाँको सुन्दरता नै त्यहाँको पहिचान बनी दिन्छ । विश्वमा केहि यस्ता सुन्दर गल्ली र सडकहरुको झलक हेरौँ ।

१. अम्ब्रिया, इटली
स्पेलोमा घरका झ्याल, बालकनी र गल्लीहरु रंगी बिरंगी फूलहरुले सजिएका देख्न पाइन्छ । यस ठाउँको पहिचानको रुपमा रहेको यी फूलहरुबाट फैलिएको सुगन्धले मानिसहरुको मन नै प्रफूल्ल बनाएको हुन्छ । यही सुन्दरताका कारण यो ठाउँ निकै प्रसिद्ध मानिन्छ ।

२. सैनफ्रांसिसको,क्यालिर्फोनिया, अमेरिका
भिक्टोरियन स्टाइलमा बनेको घर ८ ओटा मोडहरु पछि आउने लोमबार्ड स्ट्रीट विश्वको सबैभन्दा घुमाउरो सडकमध्ये एक हो । बसन्त ऋतुमा जब यहाँ फूलहरु फूल्छन्, तब यहाँको सुन्दरता हेर्न लायकको हुन्छ ।

३. पोर्टो एलेग्रे, ब्राजील
ब्राजीलको आधुनिक शहरको तीन ब्लोकमा विभाजित गरिएको र त्यहाँ सुन्दर रुखहरु रोपिएका  छन् ।

४. ग्राफ्टन, अस्ट्रेलिया
पाउन्ड स्ट्रीटलाई अस्ट्रेलियामा जैकरांडा एवेन्युको नामले चिनिन्छ । सडकको सबै जसो ठाउँमा बैजनी रंगका यी फूलले सडकलाई झनै सुन्दर बनाएको छ ।

५. बैलीमनी, पूर्वी आयरल्याण्ड
यदि तपाईलाई डरलाग्दो अनौठो ठाउँमा जने मन छ भने ब्रेगाघ रोडले तपाइको यो इच्छा पुरा गर्ने छ । रुखहरुले भरिपूर्ण यो सडक रहस्यमय देखिन्छ । तर पनि मानिसहरु यो ठाउँप्रति निकै आकर्षित देखिन्छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट