हवाई जहाजमा सयर गर्दै बाजंहरु

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

आजभोलि सोशल मिडियातिर एउटा यस्तो फोटो भाइरल भएको छ जहाँ धेरै बाजंहरुलाई प्लेनको सिटहरुमा बसेको देखाइएको छ ।

यो कुनै कहानी हैन वास्तवमा नै साउँदी अरबका एक प्रिंसले बाजंहरुका लागि भनेर ८० वटा सिट बुक गराएको थियो । यही फोटोलाई शेयर गरेपछि नै भाइरल भएको हो । फोटोमा बाजंहरु प्लेनको बीचका सिटहरुमा बसेको देखाएको छ ।

यस्तो कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर खाडी देशहरुमा यो सामान्य नै मानिन्छ । धेरै देशहरुमा त यस्ता कानुनहरुपनि छन जहाँ बाजंहरुलाई एयरलाइन्सले सिट दिन आनाकानी गर्न सक्दैंनन् ।

युएईमा त बाजंहरुका लागि पासपोर्ट नै जारी गरिएको छ, यो पासपोर्टबाट बहराईन, कुवेत, ओमान, कतार, साउँदी अरब, पाकिस्तान, मोरेक्को र सीरिया मा यात्रा गर्न मिल्छ ।

यूएई को मिनिस्ट्री अफ क्लाईमेट चेन्ज एण्ड ईन्भाइरमेण्टका अनुसार यी पासपोर्टहरु ३ वषेका लागि लागू गरिएका हुन्छन् ।
बाजं यूएईको राष्ट्रिय चरा भएकाले पनि होला त्यहाँका एयरलाइन्सहरुले बाजंलाई प्लेनमा लैजान अनुमति दिनु पर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट