सम्पत्ति शुद्धिकरण गर्दैनन् ३५ प्रतिशत बैंकले

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

काठमाडौं, १७ माघ । सहभागी नेपालका २३ वाणिज्य बैंक र बिकास बैंकमध्ये ३५ प्रतिशतले कहिलेपनि सम्पत्ति शुद्धिकरणको जोखिम न्युनिकरणको लागि आवश्यक कार्य नगर्ने गरेको अध्ययनको क्रममा देखिएको छ ।

नेशनल बैंकिङ इन्स्टिच्युट र भारतीय एक फर्मले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार २३ संस्थाका अधिकारीहरुले यो जिम्मेवारी पाएको तर नगरेको देखिएको हो ।

२१ प्रतिशतले भने त्रैमासिक रुपमा मात्रै यसमा जोखिम परिक्षण गर्ने गरेको एन्टि मनी लण्डरिङ प्रोसेस म्याचुरिटी रिपोर्टले देखाएको छ । यस्तै सञ्चालनमा रहेका ४१ प्रतिशतले भने हरेक पटक हुने वित्तीय कारोबारमा यस्तो जोखिमको मुल्यांकन गर्ने गरेका छन् । बाँकी ५९ प्रतिशतले भने हरेक कारोबार यस्तो जोखिमको मुल्यांकन नगर्ने गरेको देखिएको छ ।

करिब ७० प्रतिशत संस्थामा पाँच वा सोभन्दा कमको संख्यामा रहेको समूहले सम्पत्ति शुद्धिकरण जोखिमको निगरानी गर्ने गरेका छन् रिपोर्टमा उल्लेख । रिपोर्टका अनुसार ७० प्रतिशत संस्थामा अनियमित गतिविधि बारे सुचना दिने उपयुक्त प्रणाली नभएको देखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट