साल्ट ट्रेडिङले गर्यो भारतबाट चिनी किन्न प्रस्ताव

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १६ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी किन्न तयारी गर्दैं भन्सारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

भारतबाट १ प्रतिशत मात्रै भन्सारमा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले  चिनी किन्छ ।

साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य आकाशिने हुदाँ सरकारले बाहिरबाट चिनी आयात गर्न अनुमति दिन लागिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

साल्ट ट्रेडिङको गोदाममा चिनी सकिनासाथ बजारमा मूल्य आकाशिने समस्या नियन्त्रण गर्न भारतबाट भन्सार छुट गरेर किन्न प्रस्ताव गरिएको हो ।

यता अर्थ मन्त्रालयले भने चिनी किन्न भन्सार छुट दिने वा नदिने भन्ने विषमा अझैंसम्म कुनै ठोस निर्णय लिएको छैन ।

नेपालमा रहेका उखु किसानहरूले आफुले भने जस्तो बजार भाउँ नपाउँदा सरकारले भारतबाट चिनी भित्र्याउँन लागेको हाे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट