एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवा

आजबाट ‘नयाँ एसएमएस प्याक’ आकर्षक योजना

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने भएका छन् । एनसेलले ‘नयाँ एसएमएस प्याक’नामक आकर्षक योजना ल्याएको छ ।

उक्त योजना यही शुक्रबारबाट शुरु भई १५ दिनसम्म संचालनमा रहने बताइएको छ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार ५ रुपैयाँ (कर सहित) मा १५० एसएमएस वा २५ रुपैयाँ (कर सहित) मा १००० एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् ।

२५ मा १००० एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रति एसएमएसको न्यून शुल्कमा कुनैपनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् ।

ग्राहकले एस्टि्रक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशननुसार यो योजना सुचारु गर्न सक्छन् । एसएमएसमार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् ।

यसका लागि १५० वटा एसएमएस पाइनेे प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् ।

त्यस्तै १००० एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यीदुबै प्याक सुचारु भएको दिन देखि ३० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट