फोर्डको वाइडरनेस् गेट-अवे कार्यक्रम

माघ १५ गते गोकर्ण रिसोर्टमा आयोजना

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । आफ्नो गाडीहरुको उच्चतम टेक्निकी तथा कौशलता प्रदर्शनका लागि फोर्डले यही माघ १५ गते मनोरञ्जन कार्यक्रमका साथैं गोकर्ण फोरेस्ट रिसोर्टमा फोर्ड वाइडरनेस् गेट-अवेको आयोजना गर्दैछ ।

कार्यक्रममा सहभागी हुन फोर्डका थापाथली अफिसमा आफ्नो नाम रजिष्टर गर्नु पर्ने र शनिवार सबै परिवारका लागि खाजा तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सक्ने आयोजना गरिएको छ । मनोरञ्जनका लागि विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरु पनि राखिएको छ ।

आफ्नो गाडीको कौशलता प्रदर्शनको लागि कार्यक्रममा फोर्डले दुई टेस्ट ड्राइभ रुट राखेको छ । इन्डेभर र रेन्जरको लागि बीच जंगल, खाल्डाखुल्डी युक्त विशिष्ट तवरले बनाएको अफ रोड बाटो वा ग्राहकले फोड फिगो, एसपाइस वा इको स्पोर्टमा गोकर्ण क्षेत्रमा चलाइ यी गाडीहरुको क्षमता र कौशलताको अनुभव गर्न सक्नेछन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट