माघ २२ गतेदेखि प्रिपेड ग्राहकलाई फोर-जी सेवा

सिआरबिटी सेवा पनि माघ २२ बाट सुचारु

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, ८ माघ । अब जीएसएम प्रिपेड ग्राहकलाई पनि नेपाल टेलिकमले माघ २२ गतेदेखि फोर-जी सेवा दिने भएको छ । फोर-जी दर्ता गर्ने पोष्टपेड ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले अबको १५ दिनपछि फोर-जी सेवा दिन लागेको हो ।

यो भन्दा पहिले गत पुस १७ गतदेखि  काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर-जी सेवा दिन सुरु गरेको थियो । टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

३९ करेाड रुपैयाँ बराबर खर्चिएर टेलिकमले फोर-जी सेवा सुरु गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।

आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि  टेलिकमले फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि  बन्द  रहेको यो सेवा अब भने माघ २२ बाट नै  सिआरबिटी सेवा सुचारु हुने बताइएको छ ।

ग्राहक र गायक तथा सजर्कलाई परेको असुविधालाई ध्यानमा राखेर सिआरबिटी सेवा सुचारु गर्न लागिएको टेलिकमले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट