आईएमएफको प्रक्षेपण आर्थिक बृद्धिदर ५.५ प्रतिशत

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, १० माघ । नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने अन्तरराष्ट्रिय मुद्रा कोष -आईएमएफ)ले  प्रक्षेपण गरेको छ ।

जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग आईएमएफको टोलीले छलफल गरेको छ ।

साथै सरकारको लक्ष्य भन्दा चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर  एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा सरकारले  ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य दिएको छ ।

भारतको नोटबन्दीले नेपाली अर्थतन्त्रमा न्यून प्रभाव देखिएको आईएमएफले बताएको छ । बैंकसँग धेरै भारु नभएको भन्दै उसले कर्पोरेट र साधारणसँग भएको रकमले उनीहरुको क्रय शक्ति घटाएपनि अर्थतन्त्रमा ठूलो असर नपरेको आईएमएफको निष्कर्ष छ ।

यो वर्षको राम्रो मनसुन, चुस्त मौद्रिक नीति, सरकारी खर्च लाई आधारित मानेर आईएमएफले ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको छ । तर, विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट