बालविवाह अन्त्य गर्न पहल

बालविवाह शून्य गाविसको अभियान सञ्चालन

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

बैतडी, १० माघ । बालविवाह मुक्त गाविस बनाउन बैतडीको हाट गाविसलाई पहल थालिएको छ ।

हाट स्वास्थ्यचौकीका इन्चार्जका अनुसार अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएको जानाइएको छ ।

हाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए ।

बालविवाह गर्न कानुनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारीले बताए । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने भएकाले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट