हात्तीको आक्रमणबाट महिलाको मृत्यु

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

झापा, १० माघ । आइतबार जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर-२, महेशपुरका निवासी पालमाया लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकै रहेको मायालु सामुदायिक वनमा पुगेर फर्किने क्रममा हात्ती आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट