राजधानीमा आजदेखि शहीद सप्ताह

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १० माघ । सोमबारदेखि शहीदहरुको सम्झनामा शहीद सप्ताह सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदहरुको सम्झनामा सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिदै आएको छ ।

मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि आजकै दिन अर्थात माघ १० गते नै योद्धा शुक्रराज शास्त्रीले टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । विक्रम सवतं १९९७ माघ १० गते तत्कालीन जहानियाँ राणा शासकले शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । माघ १० गतेदेखि हरेक वर्ष सात दिन शहीद सप्ताह मनाउने गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट