विद्युत चोरी गर्ने सुपरभाइजरसहित १४ जना पक्राउ

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

काठमाडौं, ९ माघ । आइतबार नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनीहरुलाई विद्युत चोरी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन् । तीमध्ये ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकासप्राप्त कर्मचारी हुन ।

प्रहरीका अनुसार दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेकाले ठगी मुद्दा दायर गर्न लागेको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट