विमानस्थलमा माइकिङ सुविधा नहुँदा समस्या

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

सोलुखुम्बु, ९ माघ । पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्दै आएका छन् ।

नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने विमानस्थलमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने गर्दथ्यो । एकैपटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् ।

‘टर्मिनलमा पसेदेखि कर्मचारीलाई हिड्नुपर्छ, आफू कुन जहाजमा जाने हो सोध्दै दौडनुपर्छ’ -एक पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पाले बताए ।

सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको पिडीतहरुको बाध्यता छ ।

उक्त समस्याले विदेशी पर्यटकले समेत दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ ।

माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् ।

केही वर्षअघि माइकिङ सेवा राखिएको भए पनि पछि प्राविधिक समस्या आएको भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट